दार्जिलिङमा देखियो कोरोना संक्रमण

Newslaya Home

दार्जिलिङमा देखियो कोरोना संक्रमण

आइतबार १६, चैत २०७६

काठमाण्डौ । दार्जिलिङमा पहिलो कोरोना संक्रमित व्यक्ति फेला परेका छन्।

दार्जिलिङको कालेबुङका – ४५ वर्षीय महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। कोरोना भाइरसको लक्षण देखिएपछि ती महिलालाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल भर्ना गरिएको छ ।

उनको नमुना परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जानकारी अस्पतालले दिएको छ । हाल उनको उपचार त्यही अस्पतालमा भइरहेको छ।