इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Newslaya Home

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

आइतबार १६, चैत २०७६

इटाली । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन् ।

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा १० हजार २३ पुगेको रोयटर्सले जनाएको छ ।

यसैगरी संक्रमितको संख्या ९२ हजार ४ सय ७२ भएको छ ।

यो संक्रमण संख्या अमेरिकापछिको दोश्रो ठूलो हो ।

अमेरिकामा हालसम्म १ लाख २३ हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ भने २२ सय बढीको ज्यान गइसकेको छ ।

इटालीका सरकारी अधिकारीले ‘लकडाउन’ नगरिएको भए अवस्था अझ भयावह हुनसक्ने बताएका छन् ।

संक्रमणबाट इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित छ । त्यहाँ हालसम्म ५ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

संक्रमण र त्यसबाट मृत्यु हुनेको नयाँ तथ्याकं सार्वजनिक भएसँगै इटालीका प्रधानमन्त्रीले जुसेपे कोन्टेले ४.७ बिलियन युरोको नयाँ योजना घोषणा गरेका छन् ।

नयाँ योजनाले संक्रमणबाट सर्वाधिक प्रभावित भएकाहरूलाई आर्थिक राहत दिनेछ । यसमा किनमेल भौचर र खानासम्बन्धी योजनाहरू सामेल छन् ।