भोलीदेखि कोरोना संक्रमणको परीक्षण धरानमै

Newslaya Home

भोलीदेखि कोरोना संक्रमणको परीक्षण धरानमै

शनिबार १५, चैत २०७६

विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोली (आइतबार) देखि कारोना भाइरसको परिक्षण गरिने भएको छ । प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर भोली देखि विपी प्रतिष्ठानमै परिक्षण थालिने भएको हो ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा.सञ्जीवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परिक्षण गरिनेछ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो ।

अब धरानमा नै परिक्षण हुने भएपछि स्वाब संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता हट्नेछ ।

स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ । केही परीक्षणहरू काठमाडौं पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।

प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।