नेपालमा कोरोना भाइरसबाट थप एक जना सङ्क्रमित

Newslaya Home

नेपालमा कोरोना भाइरसबाट थप एक जना सङ्क्रमित

शुक्रबार १४, चैत २०७६

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पुष्टि गरेका छन् ।

दुबईबाट फर्केर धनगढीस्थित सेती अस्पतालमा उपचार गराइरहेका ३४ बर्षे पुरूषमा संक्रमण भेटिएको हो ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा सङ्क्रमण भएको पाइएको देवकोटाले बताए ।

देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति चैत्र ११ गते अस्पताल भर्ना भएका थिए ।

सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहरेको देवकोटाले बताए ।