लकडाउनमा घर बाहिर निस्केको भन्दै दाजुले गरे भाइको हत्या

Newslaya Home

लकडाउनमा घर बाहिर निस्केको भन्दै दाजुले गरे भाइको हत्या

शुक्रबार १४, चैत २०७६

काठमाडौं । भारतमा ‘लकडाउन’मा घर बाहिर निस्केको भन्दै आफ्नै दाइले भाइको हत्या गरेका छन् । मुम्बई कान्दिवाली इष्टका २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका भाइ दुर्गेसको हत्या गरेका हुन्। भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ ।

राजेशले भाइलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाइको आदेश नमान्दै भाइ घरबाहिर निस्किका थिए । यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाइको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ ।