फ्रान्सका पूर्व प्रशिक्षक हिडाल्गोको मृत्यु

Newslaya Home

फ्रान्सका पूर्व प्रशिक्षक हिडाल्गोको मृत्यु

शुक्रबार १४, चैत २०७६

काठमाडौं । फ्रान्सलाई पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा १९८४ को युरोपियन च्याम्पियनसिप जिताएका प्रशिक्षक माइकल हिडाल्गोको ८७ वर्षको उमेरमा बिहीबार मृत्यु भएको छ ।

१९७६ देखि १९८४ सम्म फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्ने क्रममा उनले १९८२ को विश्वकपमा पनि फ्रान्सलाई सेमिफाइनलसम्म पुर्याएका थिए । मिचेल प्लाटिनी, एलिन गिरेसे, जिन टिगाना र लुइस फर्नान्डेजजस्ता खेलाडीलाई सही रुपमा उपयोग गरेर टोलीलाई सफलता दिलाउनुका साथै उनीहरुलाई सुपरस्टार बनाउने जस हिडाल्गोलाई दिइन्छ ।

हिडाल्गोको बुढ्यौलीका कारण मृत्यु भएको फ्रान्स फुटबल संघ (एफएफएफ)ले जनाएको छ । हिडाल्गोको मृत्युमा एफएफएफ, युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफए तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।