कोरोना प्रभाव : नेपाल आइडलमा पुरानै श्रृंखला प्रशारण हुने

Newslaya Home

कोरोना प्रभाव : नेपाल आइडलमा पुरानै श्रृंखला प्रशारण हुने

बिहीबार १३, चैत २०७६

काठमाडौं । सिङगिङ रियालिटी–सो ‘नेपाल आइडल’ सिजन–३ केही समयका लागि स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडललेकेही समय नयाँ कार्यक्रम उत्पादन तथा प्रशारण नगर्ने भएको हो ।

अवस्था सामान्य नभएसम्म अब अडिसन राउन्डका श्रृंखलाहरु प्रशारण हुने भएको छ । कोरोना भाइरस नियन्त्रणमा आएपछि नयाँ श्रृंखलाको उत्पादन तथा प्रशारण सुरु गरिने नेपाल आइडलले जनाएको छ ।

प्रतिस्पर्धीलाई आआफ्नै घर पुर्याएको नेपाल आइडल निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

नेपाल आइडल सिजन–३ का विजेताले नगद रु.५० लाख प्राप्त गर्ने छन् । फष्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट तीन जनाले वल्र्ड टुरको अवसर पाउने छन् ।