लकडाउनको समयमा कालोबजारी गर्ने तीन जना पक्राउ

Newslaya Home

लकडाउनको समयमा कालोबजारी गर्ने तीन जना पक्राउ

बिहीबार १३, चैत २०७६

जनकपुरधाम । धनुषाको जनकपुरधाम स्थित विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल , वडा नं. ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नं. ४ महावीर चोकका विकासकुमार साहलाई कालोबजारी गरेको आरोपमा पक्रँउ गरेको हो ।

उनीहरुले आलु प्रतिकेजी रू. ५० र प्याज प्रतिकेजी रू १०० मा बिक्री गरिरहेको पाइए पछि पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।