राजविराजका पत्रपत्रिका प्रकाशन बन्द

Newslaya Home

राजविराजका पत्रपत्रिका प्रकाशन बन्द

बिहीबार १३, चैत २०७६

राजविराज । सप्तरीको राजविराजबाट प्रकाशन गरिँदै आएको पत्रपत्रिका प्रकाशन बन्द भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेसँगै राजविराजका पत्रपत्रिका प्रकाशन बन्द गरिएको हो ।

लकडाउनको समयमा बाहिर निस्कन नमिल्ने भएकाले पत्रिका प्रकाशन गर्न समस्या भएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए । पत्रिका प्रकाशन गरे पनि यहाँ पत्रिका बिक्रीवितरण गर्ने मान्छे तयार नभएका कारण प्रकाशन बन्द भएको बताइएको छ ।

राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट एक दर्जन दैनिक पत्रिका र तीन दर्जन साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएका छन् ।