कोरोना भाइरसबाट लण्डनमा अर्का एक नेपालीको मृत्यु

Newslaya Home

कोरोना भाइरसबाट लण्डनमा अर्का एक नेपालीको मृत्यु

बिहीबार १३, चैत २०७६

काठमाडौं । साउथ इस्ट लण्डनमा रहेका ४० वर्षीय प्रशान्त अर्यालको कारोना संक्रमणबाट मृत्यु भएको छ ।

सोमबार बिहान निधन भएका अर्यालमा कोरोना (कोभिड–१९) संक्रमण पोजिटिभ देखिएको बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर बताएको हो ।

चितवन पुख्र्यौली घर भई दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको बताइएको छ । केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो ।

पछिल्लो समय एकाउन्टिंग फर्ममा कार्यरत अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए । यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।