भारतमा तीन महिनासम्म निःशुल्क खाद्यान्न

Newslaya Home

भारतमा तीन महिनासम्म निःशुल्क खाद्यान्न

बिहीबार १३, चैत २०७६

काठमाण्डौ । ८० करोड नागरिकलाई भारतले तीन महिनासम्म निःशुल्क चामल, गहुँ र दाल दिने भएको छ ।

पाँच किलो चामल वा गहुँमध्ये एक र एक किलो दाल तीन महिनासम्म निःशुल्क दिने भारतले घोषणा गरेको हो । यस्तै, भारतले कोरानो भाइरसको संक्रमितलाई ५० लाख रुपैयाँको बीमाको घोषणा गरेको छ ।

प्रधानमन्त्री गरीब कल्याण योजना अन्तर्गत भारतले यस्तो घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, भारतले ८ करोड ६९ लाख किसानलाई लागि अप्रिलको पहिलो हप्ता जनही दुई हजार रुपैयाँ दिने भएको छ ।