उदयपुरमा बाँसमा बेरिएर एक बालिकाको मृत्यु

Newslaya Home

उदयपुरमा बाँसमा बेरिएर एक बालिकाको मृत्यु

बिहीबार १३, चैत २०७६

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ स्थित बाँसमा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

कपडा सुकाउने बाँसमा सलले पिङ खेल्ने क्रममा बेरिएर ताम्लिछा आमबोटका ललितसेर राईको ८ वर्षिय छोरी करुण राईको मृत्यु भएको हो । बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।