भारत सरकारः कोरोना नियन्त्रणमा खट्नेलाई पचास लाखको बिमा

Newslaya Home

भारत सरकारः कोरोना नियन्त्रणमा खट्नेलाई पचास लाखको बिमा

बिहीबार १३, चैत २०७६

नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरसको नियन्त्रणमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मी, चिकिस्तक, स्वयंसेविका, नर्सलगायतका जनशक्तिलाई लक्षित गर्दै विशेष बिमा योजना ल्याएको हो ।

जसअन्तर्गत त्यसरी खटिएका प्रत्येकको पचास लाख भारतीय रुपैयाँसम्मको बिमा गरिने भएको छ । यो योजनाबाट करिब २० लाख जना लाभान्वित हुने बताइएको छ ।

भारतकी अर्थ मन्त्री निर्मला सितारमणले बिहीबार पत्रकार सम्मेलनमार्फत् यसको घोषणा गरेकी हुन् । उनी कोरोना महाव्याधीबाट पर्ने अध्ययनका लागि गठित विशेष कार्यदलकी संयोजक हुन् ।