धनुषाबाट हत्या आरोपमा दुई जना पक्राउ

Newslaya Home

धनुषाबाट हत्या आरोपमा दुई जना पक्राउ

बिहीबार १३, चैत २०७६

जनकपुरधाम । धनुषाको शहीद नगरपालिकाबाट हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् ।

गत फाल्गुन २७ गते शहीदनगर–३ डिहवारका ६० वर्षीय राजकिशोर मण्डलमाथि कङ्क्रिट प्रहार गरी हत्या गरेको आरोपमा उनकी पत्नी कौशिलादेवी र वडा नं ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार मण्डललाई बुधबार पक्राउ गरिएको हो ।

होलीपर्वमा आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरको हत्या आरोपमा पक्राउ परेका दुवैजना माथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।