धरानमा बजार डुल्नेलाई सशस्त्रले बनायो कुखुरा

Newslaya Home

धरानमा बजार डुल्नेलाई सशस्त्रले बनायो कुखुरा

बिहीबार १३, चैत २०७६

धरान । धरान–९ गौतम पथमा डुलिरहेको युवाहरूलाई शसस्त्र प्रहरीले कुखुरा बनाएको छ । कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सरकारले देशभरी लकडाउन घोषणा गरेको छ ।

धरानमा पनि लकडाउनको पहिलो दिन लकडाउनको उल्लघंन गर्नेलाई सम्झाएर घर पठाइएको थियो । यस्तै दोश्रो दिन घरबाहिर भेटिएकालाई नियन्त्रणमा लिएर प्रहरी कार्यलयमा राखी साँझमा आफन्तकोमा जिम्मा लागइएको थियो ।

लकडाउनको तेश्रो दिन धरानमा अझ कडाइ गरीएको छ । तर कडाइको बावजुत पनि विनाकारण घरबाहिर निस्कने क्रम जारी छ । यसै बिच आज हुल युवाहरूलाई शसस्त्र प्रहरीले सडकमा नै कुखुरा बनाएर घर पठाएको छ । कुखुरा बने लगत्तै उनिहरू आआफ्नो घर भागेका छन ।