इलाममा एक महिलाले घाँटी काटेर आत्महत्या गरिन्

Newslaya Home

इलाममा एक महिलाले घाँटी काटेर आत्महत्या गरिन्

बिहीबार १३, चैत २०७६

इलाम । इलामको रोङ गाउँपालिका–१ स्थित एक महिलाले आफ्नै घाँटी काटेर आत्महत्या गरेकी छिन् ।

बुधबार दिउँसो ५० वर्षीया टिकामाया राईले खुर्पाले आफ्नै घाँटीमा प्रहार गरी आत्महत्या गरेकी हुन् । रोङ–४ घर भएकी राईले आफ्नो दाजुको घरमा आएर आत्महत्या गरेकी जनाइएको छ ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरीको टोली पुगेर कानुनी पक्रिया पुरा गरि शव परिक्षणको लागी मेची अस्पताल भद्रपुर पठाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।