उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार १३, चैत २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो स्थानीय खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा २४ वर्षीय जोती कुमार राईको मृतयु भएको हो ।

करेन्ट लागेर घाइते भएका राईको सिभिल अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाको विषयमा थप अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।