प्रतिष्ठानमा कोरोना परिक्षण गर्ने किट आईपुग्यो, कोरोना आशंकामा परिक्षण गर्न आउनेको संख्या २७ पुग्यो

Newslaya Home

प्रतिष्ठानमा कोरोना परिक्षण गर्ने किट आईपुग्यो, कोरोना आशंकामा परिक्षण गर्न आउनेको संख्या २७ पुग्यो

बिहीबार १३, चैत २०७६

धरान । कोरोना आशंका गरिएका विरामीहरुको ल्याब परिक्षण अव धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै हुने भएको छ ।

सरकारले कोरोना परिक्षणका लागि नमुना काठमाण्डौको टेकु अस्पतालको राष्ट्रिय प्रयोगशालामै पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै काठमाण्डौ बाहिर धरान, पोखरा र नेपालगञ्जमा कोरोना परिक्षणका लागि ल्याव तयारी गर्ने भन्दै आएको थियो ।

स्थानिय विकास मन्त्रालय स्वास्थ्य महाशाखाले किट आउने वित्तिकै शुक्रबार देखि परिक्षण हुने जनाएको छ । किट प्रतिष्ठानमा आईपुगे पनि अरु थप परिक्षणका लागि सामाग्री पनि चाहिने भएकोले प्रतिष्ठानको माईक्रोबायोलोजी विभागले बाकी सामानको लिष्ट तयार गरीरहेको प्रतिष्ठानले जनाएको छ ।

बीपी प्रतिष्ठानमा कोरोना आशंका गरी आफै स्वास्थ्य परिक्षण गर्न आउनेको संख्या २७ पुगेको छ । आईपुगेका २७ जना मध्ये ७ जनालाई प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ भने २ जनालाई नेपाली सेनाले तयार गरेको मोरङको टाँडी क्वारेनटाईनमा पठाईएको छ भने बाँकी १८ जनालाई होम क्वारेनटाईनमा बस्न भनिएको प्रतिष्ठानले जानएको छ ।