कश्मीरमा कोरोनाका कारण एक जनाको मृत्यु

Newslaya Home

कश्मीरमा कोरोनाका कारण एक जनाको मृत्यु

बिहीबार १३, चैत २०७६

काठमाण्डौ । भारत प्रशासित कश्मीरमा कोरोना भाइरसबाट सङ्क्रमित एक जनाको ज्यान गएको छ । कश्मीरमा कोरोना कारण पहिलो व्यक्तिको ज्यान गएको हो । बिहीबार बिहान श्रीनगरको चेस्ट डिजिज अस्पतालमा ६५ वर्षीय पुरुषको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी भारतको नयाँ दिल्ली, उत्तर प्रदेश र जम्मू हुँदै फर्किएको एउटा समूहसँगै कश्मीर पुगेका थिए । ज्यान गुमाउने व्यक्ति मधुमेह, रक्त चाप र मोटोपनाबाट पीडित रहेको बताइएको छ ।

कश्मीर उपत्यकामा अहिलेसम्म आठ जनामा कोरोनाको पुष्टि भएको छ ।