भारतमा कोरोनाका कारण १३ जनाको मृत्यु

Newslaya Home

भारतमा कोरोनाका कारण १३ जनाको मृत्यु

बिहीबार १३, चैत २०७६

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार लकडाउन घोषणा गरुन्जेलसम्म कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको थियो भने करिब ६०० संक्रमित थिए ।

बुधबार देशभर लकडाउन गरिए पनि संक्रमित र मृत्यु हुनेको संख्या पनि रोकिएको छैन । बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ६४९ पुगेको छ भने मृत्यु हुनेको सूचीमा ३ जना थपिएका छन् ।

भारतमा हालसम्म ४२ जना कोरोना संक्रमितको उपचार गरिएको छ । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ । यहाँ १२८ जना कोरोना संक्रमित छन् ।