एनआरएन कोरियाले कोरोना जाँच गर्ने दुई हजार किट्स नेपाललाई दिने

Newslaya Home

एनआरएन कोरियाले कोरोना जाँच गर्ने दुई हजार किट्स नेपाललाई दिने

बिहीबार १३, चैत २०७६

सिओल । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरसको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि २ हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ ।

सोका लागि एनआरएन कोरियाले यहाँ रहेका नेपालीसँग सहयोग सङ्कलन अभियानसमेत थालेको छ । प्रति किट्स बीस हजार कोरियाली वन (रु दुई हजार) पर्ने भएकाले दुई हजार किट्स लागि रु ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । यहाँ रहेका नेपालीमा प्रतिव्यक्ति एक किट्स बराबर रकम सहयोग गर्न एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले आग्रह गरेका छन् ।

उक्त किट्स कोभिड–१९ को सङ्क्रमणको शङ्का भएका बिरामीमा हो हैन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ । किट्समा बिरामीको र्याल राखेर स्क्यान मेशिनमा स्क्यान गरिएपछि तीन घण्टामै कोभिड बिरामी हो वा हैन भन्ने पत्ता लाग्छ । बिहीबार दिनभर सहयोग सङ्कलन गरेर शुक्रबार कार्गोमार्फत उक्त किट्स चीन पठाइने र चीनबाट नेपाल सरकारको सम्बन्धित निकायले शुक्रबार नै नेपाल पु¥याउने तयारी भएकोसमेत अध्यक्ष सुवेदीले बताए ।