पाकिस्तानका तीन पत्रकारलाई कोरोना संक्रमण

Newslaya Home

पाकिस्तानका तीन पत्रकारलाई कोरोना संक्रमण

बिहीबार १३, चैत २०७६

इस्लामाबाद । पाकिस्तानमा तीन जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । दुई निजी मिडियाहाउसमा कार्यरत तीन पत्रकारलाई संक्रमणले भेटेको बताइएको छ । उनीहरु लाहोरको भएको बताइए पनि नाम सार्वजनिक गरिएको छैन ।

दुई मिडियामध्ये एकका सिइओ मोहसिन नकवी भएको स्वीकार गरेका छन् । साथै मिडियामा अरुलाई पनि संक्रमण भएको हुनसक्ने सम्भावना बारे अनुसन्धान गरिरहेको र केहीलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

यसबाहेक अखिल पाकिस्तान पत्रपत्रिका कर्मचारी संगठनका अध्यक्ष सिद्धिकी अन्जरले अरु थप तीन जना रिपोर्टर पनि संक्रमित भएको दावी गरेका छन् । जसमध्ये दुई पन्जाब र एक कराँची बस्दैआएका छन् । अन्जरले पनि रिपोर्टरहरुका लागि सेफ्टी किट नभएको गुनासो गरेका छन् ।

कोरोना भाइरस रोकथामका लागि दक्षिण एसियाका खराब मुलुकमध्ये पाकिस्तान पनि एक हो । जहाँ एक हजार जति मानिस संक्रमित छन् भने सात जनाको मृत्यु भइसकेको छ । अरु १८ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण विश्वभर १७ हजारकमो मृत्यु भएको छ भने ३ लाख ९८ हजारलाई संक्रमणले भेटेको छ ।