चीनको बदमासी, कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली

Newslaya Home

चीनको बदमासी, कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली

बिहीबार १३, चैत २०७६

काठमाडौं । चीनले विपद्मा पनि बदमासी गरेको खुलेको छ । चीनको वुहानबाटै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वमा १९४ देशलाई आक्रान्त पारिरहेको अवस्थामा उसले गरेको सहयोगम पनि बदमासी देखिएको छ ।

चीनले चेक गणतन्त्रलाई अनुदानमा दिएको कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली पाइएको हो ।

त्यहाँको स्थानिय संचारमाध्यमलाई उदृध गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यममा उक्त बदमासीको समाचार प्रकाशित भएको छ ।

चीनबाट प्राप्त डेढ लाख कीटमध्ये ८० प्रतिशत काम नलाग्ने एवं सहि तथ्य नदिने खालको पाइएको स्वास्थ्यकर्मीहरुलाई उदृध गर्दै स्थानिय संचारमाध्यमले जनाएका छन् ।

चेक गणतन्त्रले एक लाख किटका लागि पाँच लाख ४६ हजार अमेरिकी डलर तिरेको चेक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय स्वास्थ्यकर्मीहरुले चीनबाट ल्याएका उक्त किटमध्ये ८० प्रतिशत नक्कली भएको फेला पारेका हुन् । त्यस्ता किटले कोरोनाको झुठो विवरण दिने गरेको पनि उल्लेख छ ।

विपद् व्यवस्थापनको बैठकले उक्त किटमध्ये २० प्रतिशतमात्र काम लाग्ने पाइएपछि कोरोनाको बढी शंका लागेकालाई मात्र प्रयोग गर्ने निर्णय गरेको थियो ।

ओस्त्राभाको विश्वविद्यालय अस्पतालमा समेत गरिएको परीक्षणमा किटको त्रुटीसंख्या उच्च रहेको थियो ।