खाद्यान्नको अभाव भयो ? ११३७ मा फोन गर्नुस्, घरमै आउँछ सामान

Newslaya Home

खाद्यान्नको अभाव भयो ? ११३७ मा फोन गर्नुस्, घरमै आउँछ सामान

बिहीबार १३, चैत २०७६

काठमाडौं । सरकारले काठमाडौँ उपत्यका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७ मा उपभोक्ताले खान नपाएको भन्ने गुनासो आएपछि मिनिट्रकमार्फत अति आवश्यकीय खाद्य ढुवानीको व्यवस्था गर्न लागेको हो ।

ती मिनिट्रकलाई विशेष पास उपलब्ध गराएर अति आवश्यकीय खाद्यान्न जस्तो चामल, दाल, तेल, नुन, आलुलगायतका ढुवानी गर्नसकिने गरी तयारी भएको मन्त्रालयले जनाएको छ ।

सङ्कटका बेलामा जसरी पनि सेवा दिने मनस्थिति बनाएर बस्न व्यापारिक प्रतिष्ठानलाई आग्रह गरिएको पनि उनले जानकारी दिए ।

मन्त्रालयले निजीस्तरबाट सञ्चालित ठूला खाद्यान्न बिक्रेता सुपरमार्केटलाई घरसम्मै ढुवानीको व्यवस्था गर्न आग्रह गरेको छ ।