काठमाडौंका सडकमा महानगरले छर्कियो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

Newslaya Home

काठमाडौंका सडकमा महानगरले छर्कियो ‘डिस्इन्फेक्टेन्ट स्प्रे’

बुधबार १२, चैत २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सडकमा ‘डिस्इन्फेक्टेन्ट स्प्रे’ छर्किन शुरु गरेको छ ।

महानगरले आज (बुधबार) तीन वटा ट्यांकरमार्फत विभिन्न स्थानहरुमा स्प्रे छर्किएको हो । भोलिदेखि आठ ट्यांकरबाट स्प्रे छर्किने महानगरले जनाएको छ ।

‘डिस्इन्फेक्टेन्ट स्प्रे’ले भाइरसलाई निश्क्रिय तथा नष्ट गर्ने गर्दछ ।