भारतबाट १२ दिन अघि नेपाल फर्केका एक व्यक्तिको क्वारेन्टिनमा मृत्यु

Newslaya Home

भारतबाट १२ दिन अघि नेपाल फर्केका एक व्यक्तिको क्वारेन्टिनमा मृत्यु

बुधबार १२, चैत २०७६

पोखरा । भारतबाट फर्केका एक नेपालीको कास्कीको रुपा गाउँपालिकामा मृत्यु भएको छ ।

रुपा गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई गाउँपालिकामै बनाएको क्वारेन्टिनमा राख्ने गरेको थियो । गाउँपालिकाले बनाएको क्वारेन्टिनमा राखिएका त्यहाँका ५० वर्षीय विश्वबन्धु नेपालीको बुधबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष लालसुबा गुरुङले पुष्टि गरिन् । उनी १२ दिनअघि नेपाल आएका थिए ।

मृतक नेपाली मंगलबार खाना खाएर सुतेका थिए । उनमा कोरोनाको संक्रमण भने देखिएको थिएन ।

उनमा मुटु, कलेजोलगायतका रोगको समस्या भने भएको बुझिएको उपाध्यक्ष गुरुङले बताइन् । उनको उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउँदै गर्दा मृत्यु भएको हो ।