धरानको वीपी प्रतिष्ठानबाट कोरोना परीक्षण गरिने

Newslaya Home

धरानको वीपी प्रतिष्ठानबाट कोरोना परीक्षण गरिने

बुधबार १२, चैत २०७६

धरान । सुनसरीको धरान स्थित रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना परीक्षण गरिने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले प्रतिष्ठानलाई कोरोना परीक्षणको अनुमति दिइएको बताए । मन्त्री ढकालले कारोना परीक्षणका लागि ल्याबमा किटजस्ता सामग्री व्यवस्थापन गरिएको बताए ।

प्रतिकात्मक तस्बिर।