सुडानका रक्षामन्त्री ओमारको निधन

Newslaya Home

सुडानका रक्षामन्त्री ओमारको निधन

बुधबार १२, चैत २०७६

एजेन्सी । सुडानका रक्षामन्त्री जनरल जामल अल–डिन ओमारको निधन भएको छ ।

बुधबार दक्षिणी सुडान भ्रमणका क्रममा हृदयाघातका कारण रक्षामन्त्री ओमारको निधन भएको हो । ओमारको निधन हृदयघातबाट भएको सुडानी सेनाले पुष्टि गरेका हुन् ।

रक्षामन्त्री ओमार संक्रमणकालीन सरकार र विद्रोही समूहबीचको शान्ति वार्ताका क्रममा दक्षिणी सुडानको राजधानी जुबा पुगेका थिए ।