उदयपुरमा निःशूल्क एम्बुलेन्स सेवा

Newslaya Home

उदयपुरमा निःशूल्क एम्बुलेन्स सेवा

बुधबार १२, चैत २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा निःशूल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र जनताको सहजताका लागि यस्तो निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस भित्रिन नदिन नगरका विभिन्न स्थानमा शरिरको तापक्रम नाप्ने यन्त्रसहितको हेल्पडेक्स अर्थात स्वास्थ्य सहायता केन्द्र स्थापना गर्ने र यसका लागि आवश्यक पर्ने बजेट उक्त नगरपालिकाले व्यवस्था मिलाउने निर्णय गरिएको नगरप्रमुख वलदेव चौधरीले बताए ।

जिल्ला अस्पताललगायत अन्य स्वास्थ्य संस्थाबाट रेफर गरिएका संक्रमितहरुलाई तत्काल ठूला अस्पतालसम्म लैजान स्वास्थ्यकर्मी र चालकलाई सुरक्षा कवचसहितको एप्रोनको व्यवस्था गरिने निर्णय गरिएको जनाइएको छ ।