ओखलढुङगामा भएको दुर्घटनामा एक महिलाको मृत्यु

Newslaya Home

ओखलढुङगामा भएको दुर्घटनामा एक महिलाको मृत्यु

बुधबार १२, चैत २०७६

ओखलढुङगा । ओखलढुंगाको सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–५ जेरुङ गाउँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार लकडाउन अवज्ञा गरेर चलाइएको मोटरसाइकल र ट्याक्टर आपसमा ठोकिएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी मानेभञ्ज्याङ–५ की २५ बर्षीया पबित्रा राईको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीन जना बोकेर तीब्र गतिमा मानेभञ्ज्याङबाट हर्कपुर जाँदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाइकल र हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर एक आपसमा ठोक्‍किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका मोटरसाईकल चालक सोही स्थानका २४ वर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार रहेका १९ वर्षीय सनम राईको मिसन अस्पतालमा उपचार भईरहेको डिएसपी रुपेश खड्काले जानकारी दिए ।
ट्र्याक्टर र ट्र्याक्टर चालक नियन्त्रणमा रहेको जनाएको छ ।