नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने

Newslaya Home

नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने

बुधबार १२, चैत २०७६

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ ।

बुधबार दिउँसोबाट नै सेवा सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने भएको हो ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउने नेपाल टेलिकमले जनाएको छ ।

मंगलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।