सुनसरीमा २ वर्षीय नाबालकको डुबेर मृत्यु

Newslaya Home

सुनसरीमा २ वर्षीय नाबालकको डुबेर मृत्यु

बुधबार १२, चैत २०७६

इटहरी । सुनसरीको हरिनगरा गाँउपालिका–३ स्थित पानीमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।

मंगलबार बिहान स्थानीय कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत बालक आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरीको टोली पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।