इटहरीबाट लकडाउन उल्लंघन गरेको आरोपमा ३५ जना पक्राउ

Newslaya Home

इटहरीबाट लकडाउन उल्लंघन गरेको आरोपमा ३५ जना पक्राउ

बुधबार १२, चैत २०७६

इटहरी । सुनसरीको इटहरी क्षेत्रबाट लकडाउन उल्लंघन गरेको आरोपमा ३५ जना पक्राउ परेका छन् ।

बुधबार बिहान सरकारले सुरु गरेका लकडाउनको नियम उल्लंघन गर्दै सडकमा सवारी साधन लिएर हिड्ने ३५ जनालाई पक्राउ गरिएको हो ।

सरकारको निर्देशन अवज्ञा गदै हिडेको आरोपमा ३० जना पुरुष ५ जना महिला गरि ३५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

डिएसपी भण्डारीले अहिले सम्म ४८ वटा मोटरसाईकल, ३ वटा सिटि सफारी, ९ वटा साईकलन, १ पिकअप र २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरीसकेको छ ।