ताप्लेजुङमा २० शैयाको आइसोलेसन कक्ष बनाइयो

Newslaya Home

ताप्लेजुङमा २० शैयाको आइसोलेसन कक्ष बनाइयो

बुधबार १२, चैत २०७६

ताप्लेजुङ । ताप्लेजुङको उद्योग वाणिज्य संघ भवनमा २० शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

सरकारले कोरोना भाइरस कोबिड–१९ को रोकथामका लागि ‘लकडाउन’ गरेसँगै बुधबार २० शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख एवं कोरोना नियन्त्रण तथा व्यवस्थापन समन्वय समिति संयोजक घनेन्द्र मादेनको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार खाने, बस्ने तथा शौचालयसँग पानीको सुविधासहित २० वटा शैया बनाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

उनले तत्कालका लागि २० वटा बेड भएको कक्ष निर्माण गरिएको र आवश्यकता अनुसार देउरालीस्थित पाथीभरा क्षेत्र विकास समितिको भवन, ताप्लेजुङ वृदआश्रम, नेपाल रेडक्रस सोसाइटी भवन र जिल्ला खेलकुद विकास समितिको भवनमा समेत कक्ष बनाउने तयारी भइरहेको जानकारी दिए ।

चीन र भारतसँग सिमा जोडिएको जिल्ला ताप्लेजुङ भएकाले संवेदनशील हुन जरुरी रहेको नेकपा जिल्ला अध्यक्ष विजय किँरातले जोड दिए ।