बेलबारीबाट लकडाउन उल्लंघन गर्ने १ सय बढी मोटरसाईकल नियन्त्रणमा

Newslaya Home

बेलबारीबाट लकडाउन उल्लंघन गर्ने १ सय बढी मोटरसाईकल नियन्त्रणमा

बुधबार १२, चैत २०७६

बेलबारी । मोरङको बेलबारीबाट लकडाउन उल्लंघन गरेको आरोपमा १ सय बढी मोटरसाईकल नियन्त्रणमा लिइएको छ ।

बुधबार बिहान सरकारले गरेको लकडाउनको नियम उल्लंघन गर्दै कुदाइएको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

मंगलबारबाट सरकारले सुरु गरेको लकडाउन पहिलो दिनको तुलनामा दोस्रो दिन सडकमा कम सवारी देखिएका छन भने बजार समेत सुनसान देखिएको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिए ।