कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५४ जना पक्राउ

Newslaya Home

कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५४ जना पक्राउ

बुधबार १२, चैत २०७६

काठमाडौं । वीरगञ्जको घण्टाघरबाट लकडाउन उल्लंघन गर्ने ५४ जना पक्राउ परेका छन् ।

बुधबार बिहान काठमाडौंबाट कन्टेनरमा लुकेर गएका पर्सा जिल्लाका ५४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुको स्वास्थ्य परीक्षणपछि स्वास्थ्य अवस्था ठिक भएकालाई होम क्वारेन्टिनमा बस्ने गरी छाड्ने र चालकलाई कारबाही गरिने पर्साकी प्रहरी प्रमुख (एसपी) गंगा पन्तले जानकारी दिइन् ।

सरकारले मंगलबारबाट एक हप्ताका लागि लकडाउन गरेपछि आवातजावत बन्द गरिएको छ ।