भारतबाट फर्किएका ४७ जनालाई मोरङको टाँडी क्वारेन्टाइनमा पठाइयो

Newslaya Home

भारतबाट फर्किएका ४७ जनालाई मोरङको टाँडी क्वारेन्टाइनमा पठाइयो

बुधबार १२, चैत २०७६

विराटनगर । विराटनगरको रानी र विराटनगर बसपार्कमा अलपत्र परेका ४७ जना नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्न मोरङको टाँडी पठाइएको छ ।

विराटनगर नाका हुँदै मंगलबार भित्रिएका ४७ जनालाई टाँडी क्वारेन्टाइनमा पठाइएको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।

विराटनगर रानी नाका र विराटनगर बसपार्कमा अलपत्र परेकाहरुलाई क्वारेन्टाइनमा पठाइएको उनले बताए ।