काबुलको गुरूद्वारामा आत्मघाती हमला हुँदा कम्तिमा ४ जनाको मृत्यु

Newslaya Home

काबुलको गुरूद्वारामा आत्मघाती हमला हुँदा कम्तिमा ४ जनाको मृत्यु

बुधबार १२, चैत २०७६

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलस्थित एक गुरूद्वारामा आत्मघाती हमला भएको छ।

अफगानिस्तानका गृहमन्त्रीका अनुसार बुधबार बिहान मुकुन्डो लगाएका बन्दुकधारी र आत्मघातीहरूले शिखहरूको धार्मिकस्थल गुरूद्वाराभित्र प्रार्थना गरिरहेका बेलामा आक्रमण गरेका हुन्।

आक्रमणमा परी कम्तिमा ४ जनाको मृत्यु भएको बताइएको छ तर आक्रमण कसले गरेको भन्ने खुल्न सकेको छैन।