रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

Newslaya Home

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

बुधबार १२, चैत २०७६

काठमाण्डौ । रूसमा बुधबार(आज) ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाइएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।