इटहरीमा ‘लकडाउन’ उल्लङ्घन गर्ने ६ जना पक्राउ

Newslaya Home

इटहरीमा ‘लकडाउन’ उल्लङ्घन गर्ने ६ जना पक्राउ

बुधबार १२, चैत २०७६

इटहरी । ‘लकडाउन’ अवधिमा सडकमा सवारी कुदाउने ६ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घरमै बस्न अनुरोध गर्दा पनि सडकमा निस्कने ६ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

बारम्बार अनुरोध गर्दा पनि सडकमा सवारी लिएर निस्कनेलाई पक्राउ गर्ने थालिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । सडकमा हिडडुल नगर्न प्रहरीले आग्रह गरेको छ ।