कोरोना भाइरस : इटलीमा एकैदिन ७४३ जनाको मृत्यु

Newslaya Home

कोरोना भाइरस : इटलीमा एकैदिन ७४३ जनाको मृत्यु

बुधबार १२, चैत २०७६

काठमाडौं । इटलीमा कोरोनाभाइरसका कारण मंगलबारमात्रै ७४३ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अहिले विश्वमा सबैभन्दा बढी इटलीमा नै कोरोनाले असर गरेको छ । संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आएको छैन ।