भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

Newslaya Home

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

बुधबार १२, चैत २०७६

काठमाडौं । भारतको तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

तमिलनाडुको मदुराईका ५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो । राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्यमन्त्री सी विजयबास्करले जानकारी दिएको पिटिआईले जनाएको छ ।

ती व्यक्ति अनियन्त्रित मधुमेह र उच्च रक्तचापका रोगी थिए ।

तमिलनाडुमा मंगलबारसम्म कोरोनाबाट १८ जना संक्रमित छन् ।