कोरोनाबाट अमेरिकाका विख्यात नाटककारको मृत्यु

Newslaya Home

कोरोनाबाट अमेरिकाका विख्यात नाटककारको मृत्यु

बुधबार १२, चैत २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको मृत्यु भएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा मृत्यु भएको हो ।

उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।

उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटा मात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।

यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनी ८६ वर्षका थिए ।
कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ ।