लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु

Newslaya Home

लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु

बुधबार १२, चैत २०७६

बेलबारी । बेलबारी नगरपालिका–२ मा रहेको लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका बेलबारी–२ शान्तिटोलका २२ वर्षका मित्र याख्याको डुबेर मृत्यु भएको हो ।

दिउँसो ३ बजेको समयमा याख्या खोलामा गएको र केही समयपछि पानीमा डुबेर अचेत अवस्थामा आफन्तले भेटाएको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिए । मंगलबारे अस्पताल उर्लाबारीमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।