कोरोनाभाइरस : इतिहासमै पहिलो पटक ओलिम्पिक्स प्रतियोगिता सारिने

Newslaya Home

कोरोनाभाइरस : इतिहासमै पहिलो पटक ओलिम्पिक्स प्रतियोगिता सारिने

मङ्गलबार ११, चैत २०७६

बिबिसि । धेरैले निर्विकल्प देखेको विषय अब औपचारिक भएको छ( कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्।

एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्।

प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताए।