कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

Newslaya Home

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा

मङ्गलबार ११, चैत २०७६

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका एक सय २५ जना सम्पर्कमा आएको दावी गरेको छ । प्रहरी स्रोतका अनुसार सम्पर्कमा आएका ती व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण गरेर सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।

साताअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवती सुरुमा सेल्फ क्वारेन्टाइनमा बसेपनि पछि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई टेकु अस्पतालमा राखेर उपचार गराइरहेको छ ।

प्रहरीले संक्रमित युवती आएको जहाजका अन्य यात्रुबारे पनि खोजी सुरु गरेको थियो । स्रोतका अनुसार ती युवतीसँगै एक सय ५८ यात्रु त्यस दिन कतार एयरवेजबाट नेपाल आएका थिए । अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अध्यागमन विभागसँग तथ्यांक मागेर प्रहरीले उनिहरुको खोजी गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट आउने यात्रुलाई अनिवार्य सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो ।