कोरोना विशेष कोषमा राप्रपाले गर्यो पाँच लाख सहयोग

Newslaya Home

कोरोना विशेष कोषमा राप्रपाले गर्यो पाँच लाख सहयोग

मङ्गलबार ११, चैत २०७६

काठमाडौं । सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण विरुद्धको विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

राप्रपाका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार विज्ञप्ति प्रकाशित गरी राप्रपाको सहयोग घोषणा गरेका हुन् ।

सरकारले खडा गरेको कोषमा विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित प्रधानमन्त्रीको कार्यालयका सदस्यहरुलेसमेत रकम सहयोगको घोषणा गरेका छन् ।

यस्तै, नेकपा र नेपाली कांग्रेसका सांसदहरुले आफ्नो १५ दिनको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।