‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ

Newslaya Home

‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ

मङ्गलबार ११, चैत २०७६

काठमाडौं । प्रहरीले ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले मंगलबारदेखि एक सातासम्म देशभर ‘लकडाउन’को आदेश जारी गरेको छ ।

सडकमा खटिएका सुरक्षाकर्मीहरूले सम्झाई–बुझाई गर्दा समेत अटेर गरी ‘लकडाउन’ उल्लङ्घन गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘लकडाउन’ उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।