कोरोनाको संक्रमणबाट पाँचथरका एक नेपालीको अमेरिकामा मृत्यु

Newslaya Home

कोरोनाको संक्रमणबाट पाँचथरका एक नेपालीको अमेरिकामा मृत्यु

मङ्गलबार ११, चैत २०७६

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएका रमेश सम्बाहाम्फेको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

न्यूयोर्कको एक अस्पतालमा उनको उपचारको क्रममा आज (मंगलबार) मृत्यु भएको बताइएको छ । तीन दशकदेखि परिवारसहित अमेरिकमा होटल व्यवासायी गर्दै आएका थिए ।

यस अघि बेलायतमा इटहरीका लिलाबहादुर राइृको कोरोनाले मृत्यु भएको थियो कोरोनाका कारण हालसम्म दुई नेपालीको मृत्यु भएको छ । कोरोनाकै कारण मृत्यु भएको उनकी श्रीमति शान्ता लावतीले जानकारी दिएकी छिन् ।