कोरोनाबारे भ्रम फैलाउने क्रिश्चियनका एक पास्टर पक्राउ

Newslaya Home

कोरोनाबारे भ्रम फैलाउने क्रिश्चियनका एक पास्टर पक्राउ

मङ्गलबार ११, चैत २०७६

काठमाण्डौं । क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पक्राउ परेका छन् ।

जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका केशवराज आचार्यलाई कोरोनाबारे भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा पोखराबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।